Section 151
श्रम अदालतको गठन
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक सङ्ख्यामा श्रम अदालत गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने श्रम अदालतको अधिकार क्षेत्र तथा मुकाम सोही सूचनामा तोकिदिए बमोजिम हुनेछ ।
(३) श्रमअदालतमा अध्यक्ष र दुई जना सदस्य रहने छन्।
(४) उच्च अदालतका बहालवाला न्यायाधीश वा उच्चअदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति श्रम अदालतकोअध्यक्ष वा सदस्य हुन योग्य हुनेछ।
(५) उच्च अदालतको बहालवाला न्यायाधीश नियुक्त भएकोमा बाहेक श्रम अदालतका अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(६) श्रम अदालतका अध्यक्ष रसदस्यको सेवाका शर्त तथा सुविधा उच्च अदालतको न्यायाधीश सरह हुनेछ ।